खरसाङमा वार्ड स्तरीय आर्ट प्रतियोगिता

खरसाङ ( निसं) : गैर सरकारी संस्था ए बेटर लाइफ-खरसाङद्वारा खरसाङ नगरपालिकाको वार्ड नम्बर 5-मा रहेको ग्राम सेवा समितिसित मिलेर वार्ड स्तरीय आर्ट प्रतियोगिता सम्पन्न गरियो। उक्त कार्यक्रम वार्ड 5-मा रहेको ग्राम सेवा समितिको सभापति राजेन थापाको अध्यक्षतामा सम्पन्न भयो।


यसै कार्यक्रममा ए बेटर लाइफ-खरसाङद्वारा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानलाई सामाजिक कार्यमा नानीहरूलाई प्रोत्साहन गरेको साथै हरेक कार्यहरूमा सहयोग गरेकोमा संवर्द्धना पनि जनाइयो। यसको साथै आर्ट प्रतियोगितामा भाग लिइने नानीहरूलाई पारितोषिक वितरण गरियो। यस विषयमा ए बेटर लाइफ-खरसाङको तर्फबाट रश्मी सुब्बाले जानकारी गराएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *