खरसाङ मोटर स्ट्याण्डमा अवस्थित सार्वजनिक शौचालयको अघिल्लो भागलाई सुन्दर बगैँचाको रूपमा सजाइने

खरसाङ (निसं): खरसाङ सहरको मुटु मानिने मोटर स्ट्याण्डमा अवस्थित सार्वजनिक शौचालयको अघिल्लो भागमा अब विभिन्न प्रजातिका फुलहरू रोपेर एउटा सुन्दर बगैँचाको रूप दिने कामको थालनी चाँडै शुरू गरिने भएको छ। जीटीए अन्तर्गत पावर विभाग, बागवानी विभाग अनि खरसाङ अभियान्त्रिक विभागबाट यो कार्य गरिने जानकारी प्राप्त भएको छ। जीटीए मुख्य कार्यपाल अनित थापाको असल, सकरात्मक सोच अनि आफ्नो ठाउँलाई सुन्दर बनाउने विचारलाई आत्मा साथ गर्दै मनोनित सभासद प्रणाम रसाईलीले यस कार्यको थालनी अब चाँडै हुने जानकारी गराएका छन्। तिनले अब चाँडै नै खरसाङको सुन्दरीकरणमा एउटा आयम थपिने जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *