खरसाङ मोटर स्ट्याण्डमा बनाएको घण्टाघर, फुलबगान, सीसी क्यामेरा, सेड घरको बिहिबार अनित थापाले उद्घाटन गर्ने

खरसाङ (निसं): खरसाङ शहरलाई सुन्दर, सुरक्षित तथा यहाँको जनसाधारण लगायत पर्यटकहरूलाई राम्रो व्यवस्थित बस्ने सेड घर अनि जीटीएको बागवानी तथा विद्युत् विभागका भारप्राप्त सभासद प्रणाम रसाइलीको पहलमा खरसाङ विद्युत विभाग, खरसाङ अभियान्त्रिक विभाग साथै बागवानी विभागद्वारा खरसाङ मोटर स्ट्याण्डमा निर्माण गरिएको भव्य घण्टाघर, फुलबगान, जनसाधारण तथा खरसाङको निम्ति जड़ान गरिएको सीसी क्यामेराको उद्घाटन एउटा कार्यक्रमबीच जीटीएका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको बाहुलीबाट आगामी बिहीवार अपरान्ह 5:30 बजी गरिने भएको छ। यसबारे आज खरसाङमा सभासद प्रणाम रसाईली, भागोप्रमो खरसाङ टाउन कमिटी सह सचिव बीरबल पाख्रीन अनि नारी शक्तिका मूल सचिव दिपा छेत्रीले जानकारी दिएका छन्। तिनीहरूले समारोहलाई सफल पार्नका लागि उद्घाटन कार्यक्रममा सबै मानिसहरूलाई उपस्थित भइदिने अपिल गरेका छन्। आजको यस भेलामा भगोप्रको खरसाङ टाउन कमिटी लगायत नारी शक्तिका प्रतिनिधिहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *