खरसाङ नगरपालिका क्षेत्रमा कोरोना संक्रमण बढेपछि गरियो सेनिटाइज

खरसाङ: खरसाङ क्षेत्रमा दिन प्रतिदिन कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ। खरसाङ नगरपालिकाको तत्परतामा स्वास्थ्य कर्मी एवम् कर्मबन्धुहरूलाई साथमा लिएर नगर-पार्षद/पार्षदिकाहरूले वार्डबासीहरूको स्वास्थ्य सुरक्षाको निम्ति सेनिटाइज गर्ने कार्य गरिरहेका छन् भने सामाजिक दूरी पालन गर्दै गाउँ-घरमा स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने अनुरोध पनि गरिरहेका छन्। खरसाङ क्षेत्रमा कोरोना पोजेटिभ मामिला बढ़दै गएपछि  एक-एक जना  क्षेत्रीय नगर-पार्षदको अगुवाईमा नगरपालिकाको स्वास्थ्य कर्मीहरूलाई साथमा लिएर गाउँ समाजका सदस्यहरूको उपस्थितिमा पोजिटिभ व्यक्तिसँग सम्पर्कमा आएका घर परिवारहरू एवम् गाडी चालकलाई होम क्वारेन्टाइनमा रखिने कार्य गरियो। खरसाङ नगरपालिका कर्मबन्धुहरू एवम् एसई रमेश सुब्बा एवम् नगर पार्षद/पार्षदिका रबिन तामाङ, देवकी प्रधान सुब्बाको उपस्थितिमा खरसाङ महकुमा अधिकारीको सहयोगमा अग्निशमन विभागद्धारा सेनिटाइज गरिएको नगरपार्षद सुवास प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *