खरसाङ नगरपालिका बोर्ड अबदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ रहेको अध्यक्ष ब्रिगेन गुरुङको घोषणा

खरसाङ: खरसाङ नगरपालिकाका बोर्ड अब बोर्ड अफ काउन्सिलर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ बोर्ड रहेको अध्यक्ष ब्रिगेन गुरुङले घोषणा गरेका छन्। तिनले एउटा विज्ञप्ति जारी गरेर बताए अनुसार गत 9 सेप्टेम्बरको दिन स्थापना भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, राजनैतिक दललाई आफुहरूको पूर्ण समर्थन रहेको बताएका छन्। तिनको भनाई अनुसार जुन व्यक्तित्वलाई समर्थन गरेर अनि जुन व्यक्तिको सहयोगमा खरसाङ नगरपालिकाले यति थुप्रो काम गरिरहेको छ। आउने दिनमा पनि अनित थापाको नेतृत्वमा नै खरसाङको सुन्दरीकरण, खरसाङको सर्वाङ्गीण विकासको निम्ति अझ काम गर्न सक्षम रहने बताइएको छ। आज खरसाङ नगरपालिकाको बोर्ड अफ काउन्सिलरले एउटा सभा बसेर आजदेखि बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ बोर्ड रहने घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *