खरसाङ नगरपालिका क्षेत्रको बेरोजगार युवाहरूलाई मोटर ड्राइभिङ प्रशिक्षण आजदेखि शुरू

खरसाङ : खरसाङ नगरपालिकाको आयोजनामा नगरपालिका क्षेत्रका बेरोजगार युवाहरूको लागि ड्राइभिङ प्रशिक्षण आयोजना गर्नलाई आजदेखि पहल शुरु गरिएको छ। खरसाङ नगरपालिका क्षेत्रमा सरकारको माध्यमबाट धेरै परियोजना ल्याएर वार्डवासीहरूको विकासमूलक कार्य गर्न नगरपालिका क्षेत्रका बेरोजगारहरूलाई दिन दयाल अन्तोदय योजना, राष्ट्रिय अर्बन लाइभलीहुड मिशनमार्फत् स्वनिर्भर बनेर आफ्नो जिविका उपार्जन गर्न सकुन् भनी प्रशिक्षणहरू दिने कार्य भइरहेको छ। यसै अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रका बेरोजगार युवा भाई-बहिनीहरूलाई मोटर ड्राइभिङ प्रशिक्षण आजदेखि शुरु गरिएको छ। उक्त प्रशिक्षणमा महिला 30 जना र पुरूष 20 जना गरेर जम्मा 50 जनालाई खरसाङ नगरपालिकाको पक्षबाट प्रशिक्षण कार्य आजदेखि शुरु गरिएको छ।


उक्त प्रशिक्षण शिविर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आयोजना गरियो। यस प्रशिक्षण शिविरमा संयुक्त सचिव सावन सेन, राज्य मिशन म्यानेजर अतिरिक्त निर्देशक लगायत राज्य सरकारका प्रतिनिधिहरू उपस्थित थिए। यस प्रशिक्षण शिविरमा प्रशिक्षण लिनेहरूलाई एक-दुई महिनाको नि:शुल्क ट्रेनिङ दिएर लाइसेन्स पनि प्रदान गरिने बताइएको छ। भाइस चेयरम्यान सुवास प्रधानले यो प्रशिक्षण शिविर विशेष गरी खरसाङ नगरपालिकाको 1 नम्बर वार्डदेखि 20 नम्बर वार्डसम्मका युवा युवतीहरूलाई प्राथमिकता दिएको बताए। अब होटल म्यानेजमेन्ट, नर्सिङ ट्रेनिङ लगायत अन्य विभिन्न प्रकारको ट्रेनिङहरू गराएर बेरोजगारहरूलाई स्वनिर्भर बनाउन नगरपालिकाले लगातार रुपमा कार्य गर्ने पनि तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *