खरसाङ नगरपालिकाद्वारा बजारको विभिन्न दोकानहरू र होटलहरूको निरीक्षण

खरसाङ (निसं) : नगरपालिकाको पहलमा आज खरसाङ बजारको विभिन्न दोकानहरू र होटलहरूमा निरीक्षण गऱ्यो। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको नेतृत्वमा भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाका पदाधिकारीहरूको उपस्थितमा खरसाङ बजारको विभिन्न दोकानहरू साथै होटलहरूमा आज निरीक्षण गरियो। यसै क्रममा दोकानहरू र होटलहरूमा ट्रेड लाइसेन्स, फुड लाइसेन्स लगायत विभिन्न दोकानहरूमा राखिएको सर-सामानहरूका समय सीमा जाँच गरियो। समय सीमा नाघेर पनि बिक्रीमा राखिएको धेरै सर-सामानहरू नगरपालिकाले जफत गरेको छ। त्यसरी नै निरीक्षणको क्रममा ट्रेड लाइसेन्स, फुड लाइसेन्स नपाएकोहरूलाई झट्टै बनाउने निर्देश जारी गरिएको छ।


यसै सन्दर्भमा खरसाङ व्यवसाय संगठनको आयोजनामा खरसाङमा दोकान-पाटहरू र होटलहरूलाई लिएर सभा गरिएको छ। उक्त सभापछि कुनै पनि दोकानहरू र होटलहरूले ट्रेड लाइसेन्स, फुड लाइसेन्स नबनाएको खण्डमा नगरपालिका ऐन अनुसार नगरपालिकाले कार्वाही गर्ने चेताउनी दिएको छ। आजको निरीक्षण कार्यमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत नगरपालिकाको पदाधिकारीहरू क्रमैले रमेश सुब्बा, सरोज गजमेर, सञ्जय थापा, गोबिन अधिकारी साथै खरसाङ महकुमा कार्यालयमा आएका अधिकारीहरू उपस्थित रहेका थिए। आजको निरीक्षण कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *