खरसाङ नगरपालिकाद्वारा डाक्टर, नर्स अनि स्वास्थ्य कर्मीहरूलाई सम्मान

खरसाङ : खरसाङ नगरपालिकाले राष्ट्रिय डाक्टर दिवस पालन गर्दै आज डाक्टर, नर्स अनि स्वास्थ्यकर्मीहरूलाई सम्मान जनाए। राष्ट्रिय डाक्टर दिवसको उपलक्ष्यमा आज खरसाङ नगरपालिकाले नगरपालिकाका डाक्टर दिक्षा छेत्री अनि स्वास्थ्य कर्मीहरूलाई सम्मान जनाएको छ। नगरपालिका कार्यालय परिसरमा आयोजित छोटो कार्यक्रममा नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ अनि भाइस चेयरम्यान सुवास प्रधानले खादा लगाइ दिनको साथै फुलका गुच्छा प्रदान गरेर डाक्टर दिक्षा छेत्री अनि स्वास्थ्य कर्मीहरुलाई सम्मान जनाए। यस अवसरमा चेयरम्यान ब्रिगेन गुरुङले डाक्टर अनि स्वास्थ्य कर्मीहरुको कारण नै रोगीले जीवन पाउँछन् भन्दै हाम्रो सानो सम्मान उहाँहरुको कार्यलाई प्रोत्साहन दिनु अनि मनोबल बढाउनु हो भनी बताए। त्यसरी नै खरसाङ नगरपालिकाका सम्पूर्ण पार्षद अनि विभागीय अधिकारीहरूले भाइस चेयरम्यान सुवास प्रधानको नेतृत्वमा सन्त अल्फन्सेस स्कूल परिसरमा गएर त्यहाँ उपस्थित डाक्टर, नर्स अनि स्वास्थ्य कर्मीहरुलाई पनि सम्मान जनाए।

सन्त अल्फन्सेस स्कूल परिसरमा खरसाङ अनि वरपरका वासिन्दाको निम्ति कोभिडको टिकाकरण भइरहेको समयमा नै नगरपालिकाद्वारा डाक्टर दिवसको उपलक्ष्यमा सम्मान गरे। यस अवसरमा नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले डाक्टर, नर्स अनि स्वास्थ्य कर्मीहरुको दिन रातको प्रयासले नै आज खरसाङमा राम्रोसित कोभिडको भ्याक्सिन लगाउने कार्य भइरहेको छ र हामी नगरपालिका उहाँहरूप्रति कृतज्ञ छौं भनी बताएका छन्। यस अवसरमा खरसाङ महकुमा अस्पतालका जनस्वास्थ्य अधिकारी बिजय सेञ्चुरीले नगरपालिकाले कोविड टिकाकरणलाई सफल बनाउन धेरै सहयोग पुर्याएको बताएका छन्। यस अवसरमा खरसाङको सन्त अल्फन्सेस स्कूल परिसरमा भएको सानो कार्यक्रममा खरसाङ महकुमा अधिकारी आईएएस अभिषेक चौरासिया पनि उपस्थित भएर सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes