खरसाङ नगरपालिकाद्वारा वर्द्धमान रोडको शौचालय पाइप लाइनको मरमत्ति कार्य शुरू

खरसाङ (निसं) : खरसाङ नगरपालिका क्षेत्रका जनताको असुविधालाई मध्यनजर राखेर खरसाङ नगरपालिकाको पहलमा यहाँको वर्द्धमान रोडमा अवस्थित शौचालयको पाइप लाइन मरमत्ति कार्य गरिदिएको छ। उक्त पाइप फुटेकोले गर्दा गत केही दिनदेखि मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो। यसैले खरसाङ नगरपालिकाको टीमले यसको मरमत्ति कार्य गरिदिएको बताइएको छ। उक्त कार्यमा खरसाङ नगरपालिका एसएई सरोज गजमेर, सञ्जय थापा, वर्क-एसिस्टेन सोनाम लामाको देखरेखमा 70 मिटर लामो धेरै वर्ष पुरानो शौचालयको पाइप लाइन मरमत्ति गरिने कार्यको शुरुवात गरिएको छ भने हप्ता दिनभित्रमा नै काम सिध्याउने प्रयास गरिँदैछ। उक्त कार्यले गर्दा सबै चालकहरूलाई असुविधा भएको साथै ट्राफिक व्यवस्थामा असुविधा हुन गएकोमा खरसाङ नगरपालिकाको तर्फबाट माफी चाहेको कुरा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *