खरसाङ नगरपालिका कर्मचारी संगठनद्वारा विदाइ समारोह अनि वार्षिक साधारण सभा सम्पन्न

खरसाङ : खरसाङ नगरपालिका कर्मचारी संगठनद्वारा आयोजित विदाई समारोह अनि वार्षिक साधारण सभा संगठनका अध्यक्ष प्रितम कुमार छेत्रीको सभापतित्वमा सभा सम्पन्न गरियो। सभामा दुई चरणले कार्यक्रमहरू गरिएको थियो, जसमा पहिलो चरणमा 18 जना अवकाश ग्रहण गर्ने कर्मचारीहरूलाई खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एक कार्यक्रमबीच विदाइ गरियो। विदाइ समारोहमा मुख्य अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, विशिष्ट अतिथिहरू भाइस चेयरम्यान सुवास प्रधान, पेन्शनर एसोसिएसनका प्रतिनिधि भिम बहादुर छेत्री, देवेन कुमार प्रधान थिए। कार्यक्रमलाई सञ्चालन संगठनका मूल सचिव सुरेन कटुवालले गरेका थिए। समारोहमा अवकाश ग्रहण गर्ने कर्मचारीबाट मनोज कुमार छेत्रीले नगरपालिकामा आफ्नो सेवाकालको स्मरण गरे। मुख्य अतिथि नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङले आफ्नो सम्भाषणमा संगठनले गरेको कार्यप्रति सरहना गरे साथै अवकाश ग्रहण गर्ने कर्मचारीहरूको मागलाई सहानुभूतिपूर्वक पूर्ण गरिदिने बताए। 18 जना अवकाश ग्रहण गर्ने कर्मचारीहरूमध्ये उपस्थित 14 जना कर्मचारीहरूलाई मुख्य अतिथि, विशिष्ट अतिथि साथै नगरपालिकाको वरिष्ठ सदस्यहरूको बाहुलीबाट अभिनन्दन पत्र, शल-टोपी, स्मृति चिन्ह प्रदान गरी सम्मान गरियो। कार्यक्रमको शुरूमा नै दिवंगत कर्मचारी, पेन्शनर्सहरूप्रति एक मिनटको मौन प्रार्थना गरियो। समारोहमा अध्यक्ष प्रितम कुमार छेत्रीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। दोस्रो चरणमा संगठनको वर्षिक साधारण सभा संगठनका अध्यक्ष प्रितम कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न गरियो। सभामा सचिवको प्रतिवेदन मूल सचिव सुरेन कटुवालले पेश गरे। संगठनको हर-हिसाब कोषाध्यक्ष राजेन प्रधानले राखेका थिए। संगठनका अध्यक्ष साथै आजका सभाको अध्यक्ष प्रितम कुमार छेत्रीले आफ्नो अध्यक्षीय भाषण राख्दै वर्तमान कार्यकारिणी समिति विघटन गरेको घोषणा गरे साथै वर्तमान कार्यकारिणी समिति विघटन गरियो। मनोज कुमार छेत्रीलाई नयाँ कार्यकारिणी समिति गठन गर्न हेतु चुनाउ अधिकारीको रूपमा चयन गरियो। तिनले उपस्थित सदस्यहरूबाट 33 जनाको कार्यकारिणी सदस्यहरू चयन गरे। उक्त 33 जना कार्यकारिणी सदस्यहरूबाट 9 जना पदाधिकारीहरूको चयन गरियो, जसमा सभापति सुरेन कटुवाल, उप-सभापति प्रितम कुमार छेत्री, उप-सभापति सुब्र रूम्बा, मूल सचिव रबि प्रधान, सह सचिव रोमा गुरूङ, सह सचिव मिलन सुब्बा, कोषाध्यक्ष मिन्जी लमु शेर्पा, सह-कोषाध्यक्ष प्रणय छेत्री, इन्टरनल अडिट आदित्य गुरूङ आदि सामेल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *