खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानलाई बधाई

खरसाङ : खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 स्थित  दोकान डाँडा सार्वजनिक भवनमा आयोजित एउटा कार्यक्रमबीच वार्ड नम्बर 20 का पार्षद साथै खरसाङ नगरपालिकाका नव नियुक्त भाइस चेयरम्यान सुवास प्रधानलाई वार्डवासीले बधाई साथै सम्मान जनाए। वार्डवासीको मात्र पार्षद नभएर अब सम्पूर्ण खरसाङ नगरपालिकाकै भाइस चेयरम्यान हुनु वार्डवासीको निम्ति गर्वको कुरा हो भन्दै तिनलाई सम्मान जनाइयो। तिनलाई रेणु रुम्बाले वार्डवासीको तर्फबाट बधाई पत्र प्रदान गरिन्। कार्यक्रममा भाइस चेयरम्यान सुवास प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। मुख्य अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै सुवास प्रधानले प्रथम 20 नम्बर वार्डवासीलाई धन्यवाद र नगरपालिकाको उपाध्यक्षको पद केवल गरिमामय पद नभएर ठुलो चुनौतीपूर्ण पद रहेको भनी बताए। तिनले खरसाङ नगरपलिकालाई उच्च कोटीको नगरपालिका बनाउनु नै हाम्रो मुख्य उद्देश्य रहेको बताउँदै नगरवासीले पाउनु पर्ने मूलभूत सुविधाहरूलाई हामी कुशलपूर्वक व्यवस्था गर्ने दिशातर्फ काम गर्न लागेका छौं र हाम्रो एउटै मन्त्र छ खरसाङ नगरपालिकाका वासिन्दाले दुःख पटक्कै नपाओस् र खरसाङ शहर सफा सहर बनोस् भनी तिनले बताए। स्मरण रहोस्, गत 10 जुनको दिन खरसाङ नगरपालिकामा नयाँ अध्यक्ष ब्रिगेन गुरुङ अनि उपाध्यक्ष सुवास प्रधानले कार्य भार सम्हालेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *