खरसाङ नगरपालिकाको विभिन्न वार्डद्वारा अनित थापाको नयाँ पार्टीलाई समर्थन

खरसाङ : अनित थापाको नेतृत्वमा आज जन्मिएको नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई खरसाङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरूले पनि समर्थन जनाएको छ। यसै क्रममा यहाँका विभिन्न वार्डहरूमा कार्यक्रमको आयोजना गरेर नयाँ राजनीतिक पार्टीलाई समर्थन जनाए। अनित थापा जिन्दाबादको नारा लगाउँदै तिनीहरूले खरसाङका सम्पूर्ण जनता अनित थापाको साथमा रहेको जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *