खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानलाई सम्मान

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 20 को चानमारी गाउँवासीले आयोजना गरेको भेटघाट कार्यक्रममा नव नियुक्त खरसाङ नगरपलिकाका उपाध्यक्ष सुवास प्रधानलाई शुभकामना साथै सम्मान जनाइयो। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुवास प्रधानले मैले राजनीतिमा लागेर खरसाङ नगरपालिकामा पार्षद भएर नगरवासीको सेवा गरेको पनि पूरा 10 वर्ष पुग्यो र यो वार्ड मेरो आफ्नै वार्ड हो साथै मेरो सम्बन्ध यस वार्डसँग पार्षदकोभन्दा पनि परिवारको सम्बन्ध अधिक छ।


यहाँको हरेक परिवार मेरो मर्दाको मलामी र दुःख पर्दाको सहयोगी हुन् भनी बताए। तिनले भने, आजसम्म मेरो वार्डको निम्ति जति काम गर्नु सके त्योभन्दा बढ़ता काम भविष्यमा गर्दै जाने म वचन दिँदछु। कार्यक्रमपछि उपाध्यक्ष सुवास प्रधानले पूर्व वार्ड पार्षद जेबी राईको घरमै पुगेर भेटघाट पनि गरे। यस अवधि तिनले नगरपालिकाको गरिमा फर्काई ल्याउने र जनमानसको सेवा मानव धर्म पालन गरी भविष्यमा अझ प्रगति गर्दै जाने संकल्प लिएर काम गर्ने अठोट हामी नगरपालिकाले लिएका छौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *