खरसाङ नगरपालिकामा आएको फण्ड तथा विकासबारे भाजपाले गऱ्यो आरटीआई

खरसाङ (निसं) : भारतीय जनता पार्टी खरसाङको पक्षबाट खरसाङ नगरपालिकामा आएको फण्ड लगायत अहिलेसम्म गरेको विकासका कार्यहरू विषयमा आरटीआई गरेको छ। यस विषयमा आज खरसाङमा पत्रकार सम्मेलन गरेर भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले खरसाङ नगरपालिकाको कार्यहरू र यहाँ आएको विभिन्न फण्डहरूको जानकारीको लागि आरटीआई गरेको बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकामा 31 मार्च 2017देखि अहिलेसम्म केन्द्र सरकारबाट राज्यमार्फत् कति फण्ड आयो र यसको प्रयोग कता-कता भयो साथै अहिलेसम्म के कसो भयो सबै विषयमा आरटीआई गरेर माग गरेको बताएका छन् । भाजपाले खरसाङ नगरपालिकामाथि मुख्य रूपमा 4 वटा विषयमा सम्पूर्ण विवरणसहित जानकारी मागेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *