खरसाङ नगरपालिका वार्ड नम्बर 11-मा नारी मोर्चा गठन

खरसाङ : बिमलपन्थी गोर्खा जनमुक्ति मोर्चा खरसाङ नगरपालिका वार्ड नम्बर 11 मा सकुन लामाको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा खरसाङ महकुमा समितिका केन्द्रीय सह सचिव बिमल दर्जी, सदस्य शरण देवान, खरसाङ महकुमा अध्यक्ष प्रदीप मंगर, महकुमा केन्द्रीय प्रवक्ता दीपेन्द्र देवान, खरसाङ महकुमा नारी मोर्चा उपाध्यक्ष मिरा गजमेर, खरसाङ टाउन कमिटी उपाध्यक्ष बिक्रम तामाङ, सचिव बिकास तिरूवा, सदस्य सुधीर गुरुङ साथै खरसाङ टाउन कमिटी नारी मोर्चा अध्यक्ष सकुन लामा, सचिव सोभा छेत्री, खरसाङ महकुमा सांगठनिक सचिव प्रनिता गुरुङ, नारी मोर्चा महकुमा महकुमा कार्यकारिणी सदस्य अन्नु प्रसाद, नारी मोर्चा संयोजक सुस्मा सुब्बा, मेनुका छेत्री लगायत वार्डका नारीहरुको उपस्थिति रहेको थियो। यसै सभामा खरसाङ नगरपालिका वार्ड नम्बर 11-मा नारी मोर्चाको कमिटी गठन गरियो।उक्त कमिटीमा सल्लाहकार मिरा गजमेर, मेनुका छेत्री, अन्नु प्रसाद, अध्यक्ष गजला प्रविन,उपाध्यक्ष रेनु प्रसाद,मूल सचिव नुस्रत परबिन,सह सचिव जानकी प्रधान,कोषाध्यक्ष दुर्गा छेत्रीसहित 15 जनाको कार्यकारिणी सदस्यहरु चयन गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *