खरसाङ नजिक गिद्धेमा निर्माण कार्य अधुरै रहेको रोपवेको बिमल गुरूङले गरे छड्के भ्रमण

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले खरसाङ नजिक गिद्धेमा निर्माण कार्य अधुरै रहेको रोपवेको आज परिभ्रमण गरे। 2017 अघिदेखि नै निर्माण हुँदै गरेको रोपवे अहिले पनि अधुरै अवस्थामा रहेको छ। उक्त क्षेत्रको स्थलगत भ्रमणमा आइपुगेका बिमल गुरूङले करोडौँ रुपियाँको लागतमा बनिँदै गरेको रोपवेको कार्य पूर्ण नभएकोमा दुःख प्रकट गरे। यहाँका धेरैवटा समस्या समाधानको निम्ति आफ्नो कार्यकालमा खरसाङ क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गराउन यो रोपवेको निर्माण कार्य शुरू गरेको तिनले बताए। यो रोपवे पूर्ण निर्माण भएर सञ्चालनमा ल्याउन सके यहाँका बेरोजगारको समस्या कम हुने साथै होम स्टे, होटलहरू चल्ने, गाडी चलाएर घर चलाउने ड्राइभरहरूको आय स्रोत बढेर जाने जस्ता कुराहरू सोँचेर नै आफूले यहाँ रोपवे निर्माण गर्न चाहेको थिए तर 2017 पछि यो निर्माण कार्य अघि बढ्न नपाएकोले अब यसको निर्माण कार्य पिरा गर्नलाई जीटीए प्रिन्सिपल सेक्रेटरी, डीएम, निर्माण कार्य गरिरहेको आईसीआर कम्पनी अनि सरकार पक्षसित तिनले कुराकानी गर्ने बताए। 2017 -मा आफू विस्थापित हुन परेपछि जीटीएको कुर्सीमा बस्नेहरूले यसको निर्माण कार्यलाई अघि नबढाएको भन्दै तिनले दुख प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *