खरसाङ नयाँ बजारमा च्याऊ खेतीबारे सेमिनार

खरसाङ (निसं) : ‘मेरो गाउँ, मेरो गर्व’- को नारालाई लिएर जीटीए मुख्य कार्यपाल अनित थापाको विशेष पहल अनि मनोनित सभासद प्रणाम रसाईलीको तत्परतामा खरसाङको नयाँ बजारस्थित टाउन हलमा च्याऊ खेती विषयमा सेमिनार आयोजना गरियो। बागवानी विभाग जीटीए-को आयोजनामा सम्पन्न उक्त सेमिनारको अध्यक्षता समीरदीप ब्लोनले गरेका थिए। खरसाङ नगरपालिका अन्तर्गत 20 वटा वार्डका सेल्फ हेल्प ग्रुपका सदस्याहरूलाई लिएर उक्त च्याऊ खेती विषयमा आज प्रशिक्षण शिविरको आयोजना गरिएको थियो। नाईसन भोटिया सिनियर स्यान्टिफिक अफिसरले उपस्थित सेल्फ हेल्प ग्रुप-का सदस्यहरुलाई च्याऊ खेती विषयमा जानकारी गराए। नगरपालिका क्षेत्रमा पनि बागवानी विभाग जीटीए-को पहलमा च्याऊको खेती विषयमा सेमिनार हुनुपर्छ भन्ने विचार गरेर भागोप्रमो केन्द्रीय समिति सदस्यहरू समीरदीप ब्लोन र पेमेन्द्र गुरुङको पहलमा यो सेमिनार आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *