खरसाङ नयाँ बजार शहीद फुटबल: सेभ अर्थ सिलगढी र गोर्खा बोइज फाइनलमा

खरसाङ : खरसाङको नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा नयाँ बजार बोइजको आयोजनामा सम्पन्न भइरहेको शहीद स्मारक फुटबल टुर्नामेन्टको फाइनल खेल सेभ अर्थ सिलगढी बनाम गोर्खा बोइजमाझ हुने भएको छ। दुवै टोलीले सेमी फाइनलमा आ-आफ्नो खेल जितेर फाइनलमा प्रवेश गरिसकेको छ। शहीद स्मारक फुटबल टुर्नामेन्टको पहिलो सेमी फाइनल खेल जुनियर 32 र सेभ अर्थ सिलगढीमाझ सम्पन्न भएको थियो जसमा सिलगढीले 1 गोलको विरुद्धमा 4 गोल गरेर खेल जितेर फाइनलमा प्रवेश गरेको छ। सिलगढीको पक्षमा बिरेन तामाङ र अनिस छेत्रीले एक एक गोल अनि सौरभ तामाङले 2 गोल गरे। यसैगरी, जुनियर 32 को पक्षमा सिमोन खवासले एक गोल गरेका थिए भने तिनलाई म्यान अफ् द म्याच चयन गरियो। त्यसरी नै दोस्रो सेमी फाइनल खेलमा गोर्खा बोइजले 5-4 गोलको अन्तरले मुनाल एफसी सोनादालाई जितेर फाइनलमा प्रवेश गरेको छ । खेलमा गोर्खा बोइजको पक्षमा राज रावत र निवास राणाले गोल गरेका थिए। त्यसरी नै मुनाल एफसी सोनादाको पक्षबाट नयन प्रधानले 4 गोल गरेका थिए। यस खेलमा गोर्खा बोइजका खेलाडी निवास खवासलाई म्यान अफ् द म्याच चयन गरिएको आयोजक समितिको पक्षबाट अमित प्रधानले जानकारी गराएका छन्। गत 5 मार्चदेखि शुरु भएको यस टुर्नामेन्टको फाइनल खेल आगामी 17 अप्रेलमा हुनेछ। टुर्नामेन्टको विजेता टोलीलाई 1 लाख नगद राशीसहित ट्रफी अनि उप विजेतालाई 50 हजारसहित ट्रफी प्रदान गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *