खरसाङको फाटक डाँडामा पिउने पानीको योजनाको अनित थापाले गरे शिलान्यास

खरसाङ : घर घरमा पिउने पानी जडान गर्ने योजना अन्तर्गत गिद्दे पहाड समष्टिमा आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले पिउने पानीको योजनाको विधिवत् शिलान्यास गरे। 77 लाखको लागतमा पिउने पानीको योजनाको कार्य गरिने भएको छ। फाटक डाँडा अनि वरिपरिका घरहरूको पिउने पानीको दीर्घकालीन माग आज पुरा भएको छ। यस अवसरमा जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, पानीको वर्कअर्डर निस्किसकेको छ। काम चाँडै सुरु गरिनेछ। यसको साथै उक्त ठाउँको अन्य थुप्रै मागहरू रहेकोले त्यो पनि विस्तारै पुरा गर्नेछौँ। काम भएको समय स्थानीय वासिन्दाले कामको निरीक्षण गर्नुपर्छ। काम सकिसकेपछि गुनासो पोखेर केही हुँदैन। खरसाङमा पानीको एउटा मात्र ट्याङ्की रहेकोले थप दुईवटा ट्याङ्की निर्माण गर्ने योजना रहेको तिनले बताए। पानीको महत्व पुरुषलाई भन्दा नारीलाई छ। भोटको समय दिएको वचनलाई कार्यमा परिणत गर्नुपर्छ। हामीले वचन दिएको कुराहरू पक्का पुरा गर्नेछौं। सत्तामा बसेपछि हामी पूर्वाधारको निर्माण अनि जनताको हितको काम मात्र गर्दैनौ तर व्यक्तिगत समस्या पनि समाधान गर्ने कोसिस गर्दैछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *