खरसाङ सदर अस्पतालमा विश्व क्यान्सर दिवस पालन

खरसाङ : आज विश्व क्यान्सर दिवसको अवसरमा खरसाङ सदर अस्पतालमा एक विशेष कार्यक्रमको आयोजना गरियो। अस्पतालको बहुउद्देश्य भवनमा सम्पन्न कार्यक्रममा अस्पतालका डाक्टरहरू डा. एके बरूई, फिजिसियन डा. मानस कुमार घोष, गाइनोलोजिस्ट डा. समयता शाहा, डेन्टल सर्जन डा. एस साहारे, शिशु विशेषज्ञहरूले ओरल क्यान्सर, स्तन क्यान्सर, क्रिनिकल क्यान्सर आदिबारे मानिसहरूलाई जानकारी गराए। अस्पतालका कर्मचारीहरू तथा नर्सहरूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालको समाज कल्याण अधिकारी विजय सिन्चुरीले गरेका थिए। यस अवसरमा अस्पतालको डेन्टल ओपीडी, सरजिकल ओपीडी अनि गायन ओपीडी (पीपी यूनिट) मा क्यान्सर सम्बन्धी पत्तो लगाउने तथा जाँच गरिने कार्य पनि सम्पन्न गरिएको विजय सिन्चुरीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *