खरसाङ शहरबाट हटाइयो चुनाउ अवधि टाँसिएका पोस्टरहरू

खरसाङ (निसं) : खरसाङ शहरमा जीटीए चुनाउ अवधि टाँसिएका सबै दल अनि निर्दलीय उम्मेद्वारहरूको पोस्टरहरू भारतीय गोर्खा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष पेमेन्द्र गुरुङको नेतृत्वमा युवा शक्ति खरसाङ महकुमा समिति अनि खरसाङ शहरका नेतृत्व अनि कार्यकर्ताहरूद्वारा सर सफाई गर्ने कार्य गऱ्यो। खरसाङ शहरको मूल सडक राष्ट्रिय राजमार्ग 55, मोटर स्ट्याण्ड, रेल स्टेशन अनि अन्यान्य स्थानबाट यस्ता पोस्टरहरू हटाएर सफा गर्ने कार्य गरियो। विशेष गरेर जीटीए चुनाउको समयमा टाँसिएका यस्ता पोस्टरहरूले गर्दा खरसाङ बजार हेर्नमा धेरै मैला देखिएको थियो। खरसाङ शहरलाई सफा-सुन्दर बनाइ राख्नको लागि आफुहरूले टाँसिएका पोस्टहरू सफा गर्ने कार्य गरेका हौँ भनी युवा शक्ति खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङ अनि युवा शक्ति खरसाङ शहर समितिका सचिव बन्दन लामाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *