खरसाङ सहर क्षेत्रमा बाटोको मरमति वर्षाकाल पछि शुरू गरिने : सभासद श्याम शेर्पा 

खरसाङ (निसं): खरसाङ शहरी क्षेत्रमा रहेका डाउहिल रोड, डाउहिल रोडदेखि मुर्दाहट्टी जाने बाटो, कटलेरीको फादरवेरी रोड अनि खरसाङ टुरिष्ट लजदेखि हिमाली बोर्डिङ स्कुलसम्म जाने बाटोको मरमति बर्खा सकिएपछि क्रमैले शुरू गरिने भएको छ। टुरिष्ट लजदेखि हिमाली बोर्डिङ स्कुलसम्म जाने बाटोको निरीक्षणमा आएका खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाले यसबारे जानकारी गराएका छन्। तिनले यी बाटोहरू मध्ये मुर्दाहट्टी जाने बाटोको टेण्डर भइसकेको तथा अन्य बाटोको नापजोक र कागज पत्रको काम भइरहेको जानकारी गराउँदै हाल वर्षाकाल रहेकोले घाटहरू बन्द अवस्थामा छन् भने पानी परिरहेको अवस्थामा पेलिएको अलकत्रा टिकाउ नरहने भएकोले बाटोको मरमति वर्षाकाल सकेर शुरू गर्ने निर्णय गरेको बताए। सभासद शेर्पाले जनसाधारण अनि चालकहरूलाई केही दिन धैर्य राखिदिने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *