खरसाङ सहरमा साप्ताहिक हाट बाजर पनि बन्द

खरसाङ : प्रत्येक बिहिबार खरसाङ सहरमा हाट बजार लाग्ने गरे तापनि यसपल्ट भने कोरोना भाइरसको कारणले गर्दा हाट लागेन। खरसाङ नगरपालिकाले आजदेखि उक्त हाट बजारमा समेत अनिश्चितकालको निम्ति रोक लगाएको छ। नगरपालिकाले सिलगढी लगायत अन्य ठाउँहरूबाट यहाँ आएर व्यवसाय गर्नेहरूलाई समेत आजदेखि रोक लगाएको छ। यति मात्र नभएर दिनहुँ सिलगढी तथा अन्य मधेशको कतिपय ठाउँहरूबाट खरसाङ सहरको सडक किनारमा साग-सब्जी तथा फल-फुल बिक्री गर्न आउनेहरूलाई समेत आजदेखि फर्काइएको छ।


आज खरसाङ नगरपालिका चेयरम्यान कृष्ण सुब्बाको उपस्थितिमा खरसाङ हाटबजार लगायत अन्य ठाउँहरूको निरीक्षण गर्नको साथै त्यहाँबाट मधेशबाट आएका फल-फुल तथा सब्जी विक्रेताहरूलाई फर्काइएको बताइएको छ। जीटीएको निर्देशअनुसार नै आज बिहानैदेखि खरसाङ सहर क्षेत्रको आफूले परिक्रमा गरेर निरीक्षण गरेको चेयरम्यान कृष्ण सुब्बाले बताएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *