खरसाङ (निसं) : जनहितमा खरसाड नगरपालिकाको आयोजनामा डेंगूको प्रकोपदेखि मानिसहरूलाई जोगाई राख्न आज शहरमा एउटा सचेतनामूलक रैलीको आयोजना गरियो। उक्त रैली खरसाडको रेलवे स्टेशनदेखि शुरु भएर खरसाङ शहर परिक्रमा गर्दै बर्द्धमान रोड हुँदै अन्त्यमा रेलवे स्टेशन अघि पुगेर सचेतनामूलक कार्यक्रममा परिणत भयो। जसमा वक्ताहरूले आम नागरिकहरूमाझ डेंगू सचेतना विषयमा सम्बोधन गरे।

रैलीमा नगकपालिकाको एसआई रमेश सुब्बा, ईओ आरके दत्त, नगरपालिका स्वस्थ्य केन्द्रका डाक्टर, हेल्थ स्टाफ सपना गुरूङ, डिकी शेर्पा, राज राउत, फिल को-अर्डिनेटर सोनाम तामङ, अनुशा लामा एवं आशा कर्मीहरू, निर्मल साथी, निर्मल बन्धुहरूको उपस्थिति रहेको थियो।
