खरसाङ शहीद स्मारक फुटबल टुर्नामेन्ट: चाँद एफसी र जेआर 32 क्वार्टर फाइनलमा प्रवेश

खरसाङ : खरसाङको नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा नयाँ बजार बोइसको आयोजनामा सम्पन्न भइरहेको शहीद स्मारक फुटबल टुर्नामेन्टको दोस्रो चरणको पहिलो खेलमा चाँद एफसी तीनधारेले घैयाबारीलाई 3-1 गोलले जितेको छ भने दोस्रो म्याचमा जेआर 32-ले बिग बस-लाई 1-0 गोलको अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आगामी म्याचमा शेभ अर्थ फर लाइफ र फ्यूचर होपबीच भिड़न्त हुनेछ भने दोस्रो म्याच गोर्खा बोइज र गोथल्स साइडिंगबीच खेलिने छ।


आयोजक समितिले बताए अनुसार शहीद स्मारक फुटबल टुर्नामेन्टमा खरसाङ र वरिपरिका मोठ 24 वटा टीमले सहभागिता जनाएको छ भने यस टुर्नामेन्टको फाइनल खेल आगामी 17 अप्रेल 2022-मा हुने भएको छ । फुटबल टुर्नामेन्टको विजेतालाई 1 लाख नगद राशीसहित आकर्षक ट्रफी अनि उप विजेतालाई 50 हजारसहित आकर्षक ट्रफी प्रदान गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *