खरसाङ सिलगढी चल्ने वाहन चालकहरूलाई कोभिड टीकाकरण गर्न दुई दिनको समय दिनुपर्ने माग

खरसाङ  : खरसाङ सिलगढी बेरोजगार ट्राभल सेन्डिकेटले कोभिड 19 टीकाकरण गर्न चालकहरूको लागि दुई दिनको विशेष व्यवस्थाको माग गरेको छ। आज खरसाङमा पत्रकार सम्मेलनको आयोजना गरेर खरसाङदेखि सिलगढी कुद्ने गाड़ीहरूका चालकहरूको लागि भाक्सिनको व्यवस्था गरिदिने माग गरेको छ। खरसाङदेखि सिलगढ़ीसम्म कुद्ने सेन्डिकेटका सभापति तिलक गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै चालकहरूले भाक्सिन लगाउने समय पाउँदैनन् त्यसैले तिनीहरूको लागि अलग्गै दुई दिनको समय दिएर भाक्सिन लगाउने कार्य गरिदिया जाओस् भन्दै ज्ञापन पत्र चढाइने तिनले बताए। तिनले चालकहरूको लागि भाक्सिन लगाउने माग गर्दै तिनीहरूको पक्षमा खरसाङ महकुमा अधिकारी, खरसाङ महकुमा अस्पातालका अधिकारी, एएसपीखरसाङ थानाका आईसी आदिलाई ज्ञापन चढाउने बताए। संगठनका सभापति तिलक गुरुङले बताएअनुसार खरसाङबाट सिलगढ़ीतर्फ कुदाउने गाड़ीका चालकहरूलाई कोरोना भाइरस विषयमा विभिन्न आरोप लगाइने गरे तापनि यस्तो महामारीको समय मानिसहरू आफै सचेत हुनु आवश्यक छ। तिनले चालकहरू बिहानदेखि बेलुकीसम्म लाइनमा बस्नु असमर्थ रहेकोले संगठनको पक्षबाट सबै प्रशासनिक अधिकारीहरूप्रति अनुरोध गर्दै दुई दिनको समय अवधिमा खरसाङ महकुमा क्षेत्रका चालकहरूलाई कोरोनाको भ्याक्सिन लगाउने समय दिनुपर्ने बताए। तिनले अझ भने, यसको लागि गाड़ी नै बन्द गर्नु परे तापनि हामी तयार छौं तर दुई दिनको समय दिनु आवश्यक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *