खरसाङ सिङ्गेल चियाकमानको गाउँ-घरमा सेनिटाइज

खरसाङ: खरसाङको सिङ्गेल चियाकमानमा लगातार कोरोना पोजिटिभ भेट्टाइएपछि गोर्खा जनमुक्ति मोर्चा महकुमा महासचिव अनुश थापाको निर्देशमा आज गाउँ घरमा सेनिटाइज गरियो। विशेष गरी गाउँ घरमा सेनिटाइज गरिदिएकोमा 8 नम्बर गाउँ समाज सभापति साथै सदस्यहरूले जीटीए चेयरम्यान अनित थापा अनि गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा महासचिव अनुश थापालाई धन्याबाद दिएका छन्। सिङ्गेल चियाबारीमा सेनिटाइजको कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ महकुमा समिति महासचिव अनुश थापाले कोरोना संक्रमणलाई लिएर आतङ्कित नहुने बरु यसबारे सतर्कता अप्नाउने सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *