खरसाङ सिपाहीधुराको गाड़ी दुर्घटनामा अझ 1 जनाको मृत्यु, मर्नेहरूको संख्या पुग्यो 4

खरसाङ (निसं) : खरसाङको सिपाहीधुरामा हिजो सोमबार भएको गाड़ी दुर्घटनामा परेर सिकिस्त घाइते भएका अझ एकजनाको मृत्यु भएको छ। सिलगढीमा उपचाराधिन अवस्थामा तिनको मृत्यु भएको छ भने मर्नेहरूको संख्या बढेर अब 4 पुगेको छ। स्मरण रहोस, उक्त वाहन दुर्घटना हुँदा वाहनमा सवार 3 जनाको घटनास्थलमैं मृत्यु भएको थियो भने चालक सहित अन्य 5 जना घाइते भएको थियो। घाइतेहरू मध्ये सिकिस्त अवस्थामा रहेका 3 जनालाई सिलगढीमा लगेर उपचार चलिरहेको थियो भने त्यहाँ नै एकजनाको मृत्यु भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *