खरसाङ सिपाहीधुरामा गोजमुमो बिमलपन्थीको सभा सम्पन्न

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा बिमल पन्थीको सभा आज टुङ-सोनदा समष्टि अन्तर्गत सिपाहीधुराको एउटा लजमा समष्टिका सम्पूर्ण प्रतिनिधिहरूलाई लिएर राजेश गजमेरको सभापतित्वमा सम्पन्न गरियो। आगमी आइतबार अर्थात् 14 फरवरीको दिन सम्पन्न हुने सभा लगायत वृद्धा भत्ता तथा अन्य विविध विषयमाथि उक्त सभामा चर्चा-परिचर्चा गरियो। सभालाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले आगामी आइतबार खरसाङमा सम्पन्न हुने पार्टीको जनसभामा पार्टी अध्यक्ष बिमल गुरूङले वृद्ध-वृद्धाहरूलाई भत्ता दिने तथा आन्दोलनकालमा विस्थापित बनेका पार्टी सदस्यहरूलाई सम्मान जनाउने बताए। तिनीहरूले खरसाङको जनसभामा जाँदा सबैले अनुशासन पूर्वक आ-आफ्नो दायित्वलाई सम्झेर जाने आग्रह पनि गरे। वक्ताहरूले आफ्नो समष्टिभरि सांगठनिक कार्य युद्धस्तरमा भइरहेको अवगत गराउँदै अझ रहल क्षेत्रहरूमा चाँड़ै गरिने बताए। सभालाई समष्टि सचिव पुकार राई, नारी मोर्चा संयोजिका सुजता शेर्पा, मिडिया प्रभारी सचिन ठकुरी, विकाश गुरूङ लगायत अन्यहरूले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *