खरसाङ सिपाहीधुरा र दिलारामको विभिन्न ठाउँमा खाद्य सामग्रीहरू वितरण

खरसाङ: वर्तमान कोरोना महामारीको समयमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङद्वारा पहाड, तराई, डुवर्समा सेनिटाइज, राहत सर-समान वितरण साथै आर्थिक सहयोग गरिरहेको छ। तिनकै निर्देशन अनुसार आज खरसाङ महकुमा कोरोना रिलिफ कमिटीको माध्यमद्वारा विशेष खरसाङ महकुमा केन्द्रीय सांगठनिक सचिव सरन देवान साथै टुङ सन्तमेरी समष्टि मूल सचिव पुकार राईको पहलमा सिपाहीधुरा साथै दिलारामको विभिन्न ठाउँमा खाद्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा खरसाङ महकुमा कोरोना रिलिफ कमिटी मुख्य संयोजक दिपेन्द्र देवान, खरसाङ महकुमा युवा मोर्चा मूल सचिव सञ्जीव सुबेदी छेत्री, टुङ्ग सन्तमेरी सल्लाहकार नलिन शर्मा, खरसाङ महकुमा युवा मोर्चा मिडिया सेल मधुकर गुरुङ, युवा मोर्चा खरसाङ टाउन कमिटी कार्यकारीणी सदस्य फिरोज तामाङ र समष्टिका धेरैजना सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *