खरसाङ सिविटारको पैह्रोग्रस्त परिवारलाई रिलिफ क्याम्पमा आश्रय

खरसाङ  : खरसाङ महकुमा अन्तर्गत पर्ने सिविटार चियाबारीको पैह्रो पीडित परिवारलाई गाउँकै रिलिफ क्याम्पमा आश्रय दिइएको छ। लगातार परेको पानीझरीले गर्दा गत 13 जुनको दिन गएको पैह्रोले सिविटारको विपन छेत्रीको घर पैह्रोले क्षतिग्रस्त पारेको थियो। पैह्रो पीड़ित परिवारलाई तत्कालै तिनको छिमेकीको घरमा आश्रय दिइएको थियो भने आज तिनीहरूलाई सिविटारको सरस्वती प्राथमिक पाठशालामा रहेको रिलिफ क्याम्पमा आश्रय दिएको सिविटारका हेमराज छेत्रीले जानकारी दिएका छन्। स्मरण रहोस्, गत 13 जुनको दिन सिविटारमा गएको पैह्रोले विपन छेत्रीको घर क्षतिग्रस्त पारिदिएको थियो। यसपछि खरसाङ विधानसभाका विधायक डा. रोहित शर्माले सिविटारको पैह्रोग्रस्त क्षेत्रहरूका पैदल निरीक्षण गरेका थिए। उक्त निरीक्षण अवधि विधायक डा. रोहित शर्माले विपन छेत्रीको परिवारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *