खरसाङ सुपर लिग फुटबल: हिल्स फुटबल अकादमीलाई पराजित गरेर चैतेपानी एफसी विजय

खरसाङ ( निसं) : खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा गत 1 जूनदेखि खरसाङको चाँदमारी खेल मैदानमा भइरहेको खरसाङ सुपर लिग् फुटबल टुर्नामेन्टको तेस्रो दिन आज दुईवटा खेल सम्पन्न भयो। आज भएको पहिलो खेल आईटीआई टुंग अनि सन्त अल्फन्सेस स्कूल खरसाङमाझ सम्पन्न भएको थियो। यस खेलमा दुवै दल एक-एक गोल गरेर बराबरीमा रहेको थियो। त्यसरी नै आजको दोस्रो खेलमा चैतेपानी एफसीले हिल्स फुटबल अकादमीलाई 2 गोलको विरुद्ध 3 गोल गरेर परजित गरेको छ।


आजको निर्णायक मण्डलीमा पहिलो खेलमा रेफरी नितेस देवान थिए भने सहायक रेफरीहरुमा अमित भुजेल अनि प्रतिक गुरुङ थिए। त्यसरी नै दोस्रो खेलमा रेफरी अमित भुजेल अनि सहायक रेफरीमा नितेस देवान, प्रतिक गुरुङ र फोर्थ अफिसियलमा जयेस प्रधान अनि बीरेन लामा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *