खरसाङ तीनधारे-महानदी समष्टिको बाघमारा बस्तीमा धान रोपाई

खरसाङ: खरसाङको तीनधारे-महानदी समष्टि अन्तर्गत बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न भयो। यस बाघमारा बस्तीमा वर्षेनी धान रोपाईको कार्य गरिन्छ। हाल मानिसहरूले धान रोप्ने कार्य बिर्सिन्दै गए तापनि बाघमारा बस्तीमा वर्षेनी धान रोपाईको कार्य गरेर कृषि कार्यलाई निरन्तरता दिइरहेको छ। बाघमारा बस्तीमा सबैभन्दा धेर धान खेती अम्बर लामाको खेतमा हुने गर्दछ भने तिनले आफ्नो बारीमा वर्षेनी खेतालाहरू बोलाएर धान रोप्ने कार्य गर्दछन्। आज पनि बाघमारा बस्तीमा अम्बर लामाको खेतमा असारे गीतसितै धान रोपियो। खरसाङ महकुमा अन्तर्गत केही स्थानहरूमा अहिले पनि धानको खेती गरिन्छ र तीमध्ये एउटा हो बाघमारा बस्ती। यहाँ अन्य धेरैको पनि खेतहरू छन् धान रोप्नलाई। यसपाली धान रोपाईमा केही ढिलाई भएको छ तर यसपाली लगातार पानी परिरहेकोले भने कृषकहरूलाई केही फाइदा नै भएको छ पानीको सन्दर्भमा। खेतको मालिक आफै पनि असारे गीतको धुनसितै धान रोप्न खप्पिस छन्। उनी यसपाली असारे गीत गुनगुनाउँदै धान रोपाईको कार्यमा सबैलाई गोरेटोमा हैसेमा लगाईरहेको देखियो। उनको खेतमा एकदिनमा झण्डै दुई एेकर जमीनमा धानको रोपाई गरिन्छ अनि वर्षमा 50 देखि 60 मन धान फल्ने गरेको पनि उनी बताउँछन्। अम्बर लामा अनुसार आजको धान रोपाईमा तीन हल गोरू, 12-14 जना रोपारहरू र 10-12 जना बाऊसेहरू लगाएर धान रोपिएको बताएका छन् । उनले आफ्नो बारीमा वर्षमा लगभग 50 देखि 60 मन धान हुने तर बिक्री नगरेको बरु आफै परिवारमा खाने र उता उता चाख्न दिने गरेको पनि बताएका छन्। अम्बर लामा आफै 71 वर्ष पुगेको र आफुले सकुञ्जोलसम्मा धान अन्नबालीको कार्य गर्ने बताएका छन् । उनले हामी सबैले धान खेती गर्नु पर्ने कारण अन्नबाली छ नै हामी छौं त्यसैले खेतीपातीको कार्य गर्नु पर्ने आह्वान् पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes