खरसाङ तीनधारे चियाबारीको चारवटा गाउँहरूमा अझसम्म सडक नबनिएकोले गाउँलेहरू समस्यामा

खरसाङ : भारत स्वतन्त्रता भएको यतिको वर्षपछि पनि पहाड़को कतिवटा गाउँहरूमा अहिले पनि सड़क पुगेको छैन। यस्तै गाउँहरूमा खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको चारवटा गाउँहरू क्रमैले भुले गाउँ, दोकानपाखा, राँची गाउँ र खरबारी क्षेत्रमा अहिलेसम्म सड़क मार्ग पुग्न सकेको छैन। सरकारले सड़क नखनेको पनि होइन। विगत दागोपाप कालमा नै सड़कको लागि भनेर खनिएको सड़क अहिलेसम्म निर्माण भएको छैन। दागोपाप कालमा सन् 2006 मा नै सड़कको लागि खनिएको बाटो दागोपाप, जीटीए एक र जीटीए दुईसम्म आइपुग्दा 15 वर्षमा पनि सड़क निर्माणको कार्य पूरा भएन भन्ने स्थानीयहरूको गुनासो रहेको छ। तीनधारेको गोलाई पाखास्थित एनएच 55 देखि नै शुरु भएको गाउँहरू भएपनि सड़क भने हालसम्म पुग्न सकेको छैन। हाइवेदेखि ओह्रालो शुरु भएको तीनधारे चियाबारीको गाउँहरू दोकान पाखा, भुले गाउँ, राँची गाउँ र खरबारी क्षेत्रमा सड़क नपुगेर स्थानीयहरू पैदल नै हिँडेर ओहोर दोहोर गर्नु पर्ने बाध्यता छ भने बिमारीहरू, सुत्केरी महिलाहरू र वृध्द- वृध्दाहरूलाई अस्पताल लैजान पनि धेरै असुविधा हुने र सड़क नभएकोले स्ट्रेचरमा बोक्न पर्ने साथै चौकीमा राखेर बोकी लैजानु पर्ने बाध्यता रहेको छ।

तर बेरोजगारको कारणले युवाहरू गाउँबाट पलायन भएकोले बिमारीहरू बोक्ने युवाहरू पनि पाउनु मुश्किल पर्ने स्थानीयहरूको पक्षमा ज्ञानबहादुर राईले बताएका छन्। तिनले एनएच 55 बाटै शुरु भएको गाउँहरूमा एक्काइसौं शताब्दीसम्म पनि सड़क नपुगेको बताउँदै सड़कबाट 3-4 किलोमिटरसम्म फैलिएको गाउँहरूमा सड़क पुगेको छैन भनी बताए। तिनले हुन त यी गाउँहरूका लागि दागोपाप काल सन् 2006 मा नै सड़क खन्ने काम भएको तर 15 वर्षसम्म बितिसक्दा पनि निर्माण कार्य पूरा भएन र यसको लागि हामीले दागोपाप, जीटीए एक र जीटीए दुईको समयमा पनि स्थानीय सरकार समक्ष निवेदन गरेको हो तर अहिलेसम्म पनि सड़क निर्माणको कार्य नभएको गुनासो गरेका छन्। तिनले पुरानो खनेको सड़कबाट अब कालो सड़क पुग्नु केवल 500 मीटर मात्रै रहेको र एनएच 55 को सड़कबाट केवल 12 फिटको जमीन पाए पनि हाम्रो गाउँतिर सड़क ल्याउन सकिन्छ तर यसको लागि स्थानीय सरकारले ध्यान दिए असल हुन्थ्यो भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes