खरसाङ तीनधारेको गैरी गाउँमा सेनिटाइज

खरसाङ : कोरोना पोजिटिभ भेट्टाइएपछि खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारेको गैरी गाउँ क्षेत्रमा सेनिटाइज गरियो। खरसाङ अग्निशमन केन्द्रबाट प्राप्त सेनिटाइजरहरू लिएर स्थानीय युवाहरूले गाउँमा सेनिटाइजको कार्य सम्पन्न गरे। सेनिटाइजको कार्यपछि तीनधारेको गैरी गाउँमा रहेको गोदावरी संघको आयोजनामा स्थानीय गाउँलेहरूलाई लिएर एउटा सचेतना सभा सम्पन्न गरियो। गोदावरी संघका सभापति रामबहादुर राईको अध्यक्षता र नारायण शर्माको सञ्चालनमा उक्त सम्पन्न गरियो। सभामा स्थनीय मानिसहरूलाई कोरोना भाइरसलाई लिएर आतङ्कित नहुने तर सचेत अनि सुरक्षित रहने आह्वान गरियो। सर्भिलेन्स कमिटीका पदाधिकारीहरूमा प्रशासक उत्तम शर्मासंयोजक कर्म मोक्तान लगायत सदस्यहरू युवराज सुन्दास, बिनयकुमार छेत्री, सन्तोष लामा, महेश सेवा लगायत गोजमुमो तीनधारे महानदी समष्टीको सभापति रबीन सुब्बा पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *