खरसाङ तीनधारेको जीर्ण अवस्थामा पुगेको प्रेम कुमार लिम्बुको घर निर्माण कार्य अनित थापाको पहलमा शुरू

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखामा रहेको विपन्न परिवारको घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको पहलमा निर्माण गरिदिने भएको छ। तीनधारेको गोलाई पाखा निवासी प्रेम कुमार लिम्बु र सरिता लिम्बुको जीर्ण अवस्थामा पुगेको घरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भागोप्रमो अध्यक्ष अनित थापाले देखेर उक्त परिवारको घर निर्माणको लागि सहयोग गरिदिने वचन दिएका थिए। सोही वचन अनुरुप आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोली प्रेम कुमार लिम्बुको घरमा पुगेर आजदेखि नयाँ घर निर्माणको लागि शिलान्यास गरिदिएको छ। यस अवसरमा भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टीका सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, युवा शक्ति तीनधारे महानदी समष्टीका सभापति केवल राई, सचिव सञ्जीव मंगर, अनिल राई, साजन दर्जी, नारी शक्तिको समष्टी सचिव भगवती प्रधान, शान्ता तामाङ लगायत अन्य उपस्थित थिए।


प्रेमकुमार लिम्बुको जीर्णावस्थामा रहेको घर अब भागोप्रमो अध्यक्ष अनित थापाको सहयोगमा निर्माण हुने निश्चित भएको छ। नारी शक्ति तीनधारे महानदी समष्टीका सचिव भगवती प्रधानले यस विषयमा बताए अनुसार तीनधारेको गोलाई निवासी प्रेमकुमार लिम्बुको घर जीर्णावस्थामा पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पार्टी अध्यक्ष अनित थापाले पनि हेरे अनि यसपछि तत्कालै आफ्नो टोली निरीक्षण गर्न पठाएको र उक्त टोलीले रिपोर्ट बुझाएपछि अनित थापाको सहयोगमा आजदेखि उक्त घरको निर्माण कार्य शुरु गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *