खरसाङ तीनधारेको सडकमा गएको पैह्रोको निर्माण कार्य समाप्त भएपछि आजदेखि वाहनहरू चल्न शुरू

खरसाङ: खरसाङको तीनधारेस्थित एनएच 55 मा गएको पैह्रोमा बाटो निर्माण भएर आजदेखि सड़क खोलिएको छ। गत 25 जूनमा गएको पैह्रोले एनएच 55 बन्द अवस्थामा थियो। पैह्रो गएको केही दिनपछि माथिल्लोपट्टि सानो बाटो खोलाएर साना गाड़ीहरू कुदाउन सक्ने बनाइएको थियो भने तलपट्टिको पैह्रोमा भने बाटो खोलिएको थिएन अनि एनएच 55 बन्द अवस्थामा थियो। तर तलपट्टिको पैह्रोमा पनि बाटो खोलाएर एनएच 55 आजदेखि सुचारु गरिएको छ। तीनधारेमा पैह्रो गएको लगभग 20 दिनपछि एनएच 55 सुचारु भएको छ। उल्लेखनीय छ एनएच 55 अन्तर्गत तीनधारेमा गत 26 जूनको दिन पैह्रो गएपछि एनएच 55 बाधित बनेको थियो। तल्लोपट्टिक पैह्रो मरमत्ति आजदेखि शाना गाड़ीहरूका लागि खोलिए तापनि उक्त पैह्रो भएर ठुला गाडीहरू नकुदाई दिने स्थानीयहरूले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *