खरसाङ तीनधारेमा साउन महिनाको रुद्री पाठ जारी

खरसाङ: खरसाङको तीनधारेमा साउन महिनाको रुद्री पाठ शुरू गरियो। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा एक महिना व्यापी रुद्री पाठ शुरू गरिएको छ। तीनधारे बजारको ग्राम कल्याण समितिको आयोजनामा सम्पन्न उक्त पुजामा कोरोना महामारीलाई ध्यानमा राखेर सरकारी नियमहरू पालन गर्दै साउनको पुजा अर्चनासहित रुद्री पाठ गत 17 जुलाईदेखि शुरू भएको छ भने दैनिक रूपमा रुद्री पाठ र पुजा अर्चना चलिरहेको छ। यसै क्रममा आज पनि पण्डित नगेन्द्र पोख्रेलको अगुवाईमा पुजा अर्चना गरियो। उक्त महिना व्यापी रुद्री पाठ आगामी 16 अगस्तसम्म चल्ने तीनधारेका विनय कुमार छेत्रीले जानकारी दिएका छन्। उक्त रुद्री पाठमा विश्व शान्ति पुजा र वर्तमान कोरोना भाइरसको संक्रमणदेखि विश्वलाई मुक्त बनाउन पुजा गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *