खरसाङ वार्ड प्रतिनिधिहरू बिमललाई छोडेर अनित खेमामा सामेल

खरसाङ : बिमल गुरुङ खेमालाई छोडेर गोजमुमो विनय-अनित खेमामा सामेल हुने क्रम जीटीए क्षेत्रमा जारी देखिन्छ। यसै क्रममा आज खरसाङ टाउन हलमा सम्पन्न एउटा कार्यक्रममा खरसाङ नगरपालिकाको वार्ड युवा प्रतिनिधिहरू बिमल गुरुङ खेमालाई छोडेर अनित-विनय खेमामा सामेल भए। तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै गोजमुमो महासचिव अनित थापाको हातबाट दलीय झण्डा प्रदान गरियो। यस अवधि गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति महासचिव अनित थापाले आफ्नो विचार राख्दै समर्थित सबैलाई स्वागत जनाउँदै अबउसो पूर्ण रूपले नयाँ सोच अनि नयाँ विचार र ऊर्जाका साथ क्षेत्रको विकास अनि परिवर्तनको लागि अघि बढ़ने आग्रह गरे। झण्डा ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै दिपेन सेवाले अबउसो नयाँ सोच र नयाँ विचारलाई लिएर जातीय हित र उन्मुक्तिको निम्ति विनय अनित खेमामा रहेर कार्य गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *