खरसाङ युवा मोर्चाद्वारा सब्या हुसेनलाई सम्मान

खरसाङ : खरसाङ सन्त जोसेफ कन्या स्कूलकी विद्यार्थी सब्या हुसेनलाई माध्यमिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएर सम्पूर्ण पश्चिम बंगाल राज्यभरिमैं आठौँ स्थानमा ओगटेर उतीर्ण गरेकोमा गोर्खा जनमुक्ति युवा मोर्चा, खरसाङ टाउन कमिटीका सदस्यहरूले आज सम्मान जनाइयो। उक्त सम्मान समारोहको सञ्चालन वार्ड नम्बर 11-का युवा अध्यक्ष तौसिफ अहमदले गरेका थिए। यस सम्मान समारोहमा युवा मोर्चा टाउन कमिटीका अध्यक्ष सन्दीप प्रधानले सम्मान जनाउँदै नगद पाँच हजारसहित सम्बर्द्धना पत्र प्रदान गरे भने सचिव वीरेश लामाले स्मृति चिन्ह हस्तान्तरण गरे। पार्टीको खरसाङ महकुमा चीफ को-अर्डिनेटर समीरदीप ब्लोनले यस अवसरमा विद्यार्थी सब्या हुसेनलाई बधाई दिँदै आगामी दिनको उज्ज्वल भविष्यको लागि पनि शुभकामना दिए। यस अवसरमा सभापति सन्दीप प्रधानले सब्या हुसेनको यो सफलता केवल खरसाङ शहरको निम्ति मात्र नभएर सम्पूर्ण पहाड़को निम्ति गर्वको क्षण हो भन्दै सब्याले सम्पूर्ण राज्यभरिमा आठौँ स्थान प्राप्त गरेर इतिहास बनाएको छ भनी जनाए। तिनले यदि सब्यालाई केही चाहियो भने सदैव संगठन सहयोग गर्न तत्पर रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes