खरसाङमा फुलपाती शोभायात्राको लागि तयारी जारी

खरसाङ (निसं) : खरसाङमा भव्य रूपमा आयोजना गरिने फुलपाती समारोह विषयमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङले पत्रकार सम्मेलन बोलाएर जानकारी गराएको छ। फुलपाती समारोह समितिको संयोजक पेमेन्द्र गुरुङले यसपाली खरसाङमा हुने फुलपाती शोभायात्रा समारोहको लागि ट्राफिक व्यवस्था सञ्चालनको लागि ट्राफिक ओसी दोर्जे शेर्पा र खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकारसित पनि सभा गरिसकेको जानकारी गराएका छन्। तिनले आगामी 2 अक्टोबरको दिन खरसाङमा सम्पन्न हुने फुलपाती शोभायात्रा समारोहको कारणले कसैलाई पनि असुविधा नहोस् भन्दै विगतको घटनाहरू हेरेर कोही पनि 2 अक्टोबरको दिन बाहिर जानलाई ट्रेन र हवाई जहाजको टिकट छ भने बिहान 10.30 भन्दा अघि नै गइदिने अनुरोध पनि गरेका छन्। तिनले खरसाङ क्षेत्रका सबैलाई फुलपाती समारोहमा उपस्थित भइदिने अनुरोध पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *