कुवाबाट मरेको हात्तीको बच्चा उद्धार

अलिपुरद्वार : कुवामा झरेर एउटा हात्तीको बच्चा मरेको घटना प्रकाशमा आएको छ। उक्त घटना अलिपुरद्वारको बक्सा व्याघ्र प्रकल्पको अधीन ईस्ट राजाभातखावा रेञ्जको माझेरडाबरी ग्राम पञ्चायतको शीतलपोता इलाकामा घटेको हो। स्थानीय कृषकहरूले हात्तीको एउटा झुण्ड खेतमा पसेर धान खाएपछि तीमध्ये एउटा हात्तीको बच्चा खेत छेउमा रहेको कुवामा पसेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगेर केही घण्टाको प्रयासपछि मरेको अवस्थामा हात्तीको बच्चालाई उद्धार गरेको बताइएको छ। वन विभागका अधिकारीले बताएअनुसार पोस्टमार्टमपछि के कारणले गर्दा हात्तीको बच्चा मरेको हो भन्ने विषयमा थाहा लाग्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *