लाब्दा विभागमा पार्टी कार्यालय उद्घाटन

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा बिनय खेमाको मङ्पुको लाब्दा विभागमा पार्टी कार्यालयको विधिवत् उद्घाटन गरियो। लाब्दा विभागका वरिष्ठ व्यक्ति एसबी राईले द्वीप प्रज्वलन गरेर कार्यालयको उद्घाटन गरे। यस अवसरमा वक्ताहरूले नयाँ सोच नयाँ बिचारलाई आत्मसाथ गर्दै लाब्दा विभागले पनि गोजमुमो विनय खेमालाई सघाउने निर्णय लिएको बताइएको छ। सबै एक सुत्रमा बाँधिएर गाउँको विकासको निम्ति पार्टी उम्मेदवार श्रीमती छिरिङ दाहाललाई धेरै मतले विजय गर्नु पर्छ भन्ने उद्देश्यले यस पार्टी कार्यालय खोलिएको कुरा पार्टी प्रतिनिधि बिदेन प्रधानले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *