लाब्दा बौद्ध गुम्बामा आजदेखि बुमपाठ शुरु

मङ्पु लाब्दा विभाग दोङ्ग छोईलिङ सार्वजनिक बौद्ध गुम्बामा आजदेखि बुमपाठ शुरु गरिएको छ। स्थानीय धर्मगुरु लामा उदय पाख्रीनको अगुवाईमा आजदेखि गुम्बामा पुजा शुरू गरेको छ भने आगामी 16 मई बुद्ध जयन्तीको दिन होइसेर टुल्कु रिम्बोर्छेको बाहुलीबाट अभिषेक (वाङ) वितरण साथै आशीर्वाद प्रदान गरिने भएको छ। यसैले पुजा आयोजक समितिले सबै भक्तहरुलाई उक्त दिन हार्दिक स्वागत जनाएको छ। अर्कोतिर, उक्त गुम्बाको निर्माण कार्य द्रुत गतिमा चलिरहेको कारण गुम्बा निर्माणको निम्ति सहयोग गर्न हुने सम्पूर्ण दाताहरुलाई गुम्बा निर्माण समितिले आभार प्रकट गर्दै  गुम्बा निर्माण कार्य हाल युद्धस्तरमा सम्पन्न भइरहेको हुनाले यसको लागि सहयोग गरिदिने गुम्बाका सचिव दीपेन योञ्जनले सबैसित अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *