लाब्दा बौद्ध गुम्बामा चारदिने धार्मिक अनुष्ठानको समापन

मङ्पु: लाब्दा दोङ्ग छ्योइलिङ बौद्ध गुम्बामा प्रज्ञापारमिता सुत्रपाठ साथै चारदिने धार्मिक अनुष्ठान धर्मगुरु दोर्जेलोबेन उदय लामाको नेतृत्वमा गत 27 सेप्टेम्बरदेखि शुरू भएर आज विविध धार्मिक कार्यक्रमबीच समापन गरियो। विजय दशमीको शुभअवसरमा विश्व शान्ति, सर्वप्राणी कल्याण तथा दसैं अवधी प्राण गुमाउने निर्दोष पशु-पक्षीहरूको आत्मशान्तिको निम्ति विशेष पुजा-अर्चना गर्नको साथै चार दिवसीय प्रज्ञापारामिता सुत्रपाठ अर्थात बुम पाठ गरियो।


गुम्बाका धर्मगुरु उदय लामा अनि पासाङ थोकोर लामाको नेतृत्वमा चारदिने पुजापाठ गरेपछि आज अन्तिम दिन धर्मगुरु आचार्य साङ्गे छोपेलको बाहुलीबाट भक्तहरुलाई अभिषेक अर्थात वाङ वितरण गरियो। अर्कोतिर, यस वर्ष नै यो गुम्बाको 50 औ स्थापनाकाल पुगेको अवसरमा स्वर्ण जयन्ती कार्यक्रम पालन गरिने गुम्बाका संयोजक किरण पाख्रीनले जानकरी दिँदै यस नवनिर्मित गुम्बालाई सहयोग गरिदिने सबैसित अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *