लाब्दाका युवाहरूद्वारा मङपु अस्पताललाई सहयोग

मङपु: आज मङ्पु लाब्दा विभागको 14 जना युवाले आज मङपु अस्पतालमा खिरकी र दैलोको पर्दा लगाइदिनको साथै अस्पतालमा बिरामीलाई चाहिने बाल्टी, डस्टबिन लगायत अन्य सामाग्रीहरु प्रदान गरे। हाल मङपु अस्पताल संरक्षण समितिलाई सबैले सहयोग गरि रहेको समयमा स्थानीय युवाहरु अघि आएर यस प्रकारको सहयोग गरिदिएकोमा संयोजक किरण पाख्रीनले आभार व्यक्त गरेका छन्। लाब्दा विभागका युवाहरु सरोज सिंग्दन, जीवन राज राई, लवाङ तामाङ, किरण तामाङ, छेवाङ तामाङ, आदित्य गिरी,पेवाङ तामाङ, प्रवेश तामाङ, रोहित तामाङ, किसन प्रधान, आनन्द प्रधान, सावन तामाङ, नितेस तामाङ, बिदन प्रधान आदिले अर्थ सङ्ग्रह गरेर मङपु अस्पतालको लागि चाहिने सर-समान उपलब्ध गराइदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *