लाब्दा मङ्पु समष्टि नारी मोर्चा गठन

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा कार्यालयमा सम्पन्न सभामा लाब्दा मङ्पु समष्टि नारी मोर्चा गठन गरियो। विगत धेरै महिना अघिदेखि सक्रिय रूपमा यहाँको 21 वटै बुथमा नारी मोर्चा वर्किङ कमिटी गठन गरिएको थियो। 25 जून 2020 को दिन खरसाङ महकुमा नारी मोर्चा सभानेत्री अनु प्रधानको उपस्थितिमा सम्पन्न सभामा समष्टि नारी मोर्चाका सभापति सुर्यमणी राई अनि सचिव बुनु थापालाई जिम्मेवारी दिएका थिए। कोरोनाको महामारीले गर्दा धेरै लामो समयपछि पुर्ण रुपमा समष्टि स्तरीय नारी मोर्चा गठन गरियो।


सुर्यमणि राईको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो लाब्दा मङ्पु समष्टि सभापति एडवर्ड लेप्चा, मुल सचिव गगन राई, कार्यकारीणी अध्यक्ष अनिल छेत्री, उप सभापति सुदेश थापा, केन्द्रीय समिति सदस्य मिरेन लामा, खरसाङ महकुमा समिति युवा मोर्चा सचिव बिज्ञान मिस्र, युवा मोर्चा केन्द्रीय प्रवक्ता अनित खाती, सांगठनिक सचिव राम पोख्रेल, खरसाङ महकुमा समिति प्रवक्ता बिशोर कार्की, युवा मोर्चा समष्टि सचिव शरद थापा, प्रवक्ता बिभोर तामाङ, सोसियल मिडिया प्रभारी बिदेन प्रधान आदिको बिशेष उपस्थितिमा नयाँ कमिटी गठन गरियो। उक्त नारी मोर्चा नयाँ कमिटीमा अध्यक्ष सुर्यमणि राई, उपाध्यक्ष जयन्ती गिरी, पवित्र राई, रेखामणी राई, सचिव बुनु थापा,सह-सचिव शोभा मंगर, माया राई, कल्पना राई, बबिता थापा, संगठानिक सचिव: मनिका गुरुङ, प्रमुख सल्लाहकार: चन्द्र कला राई, सिनौरा प्रधान, रूथ केल्मित लेप्चा, शुशिला गुरुङ लगायत अन्यलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *