लाब्दा मङपू समष्टि अन्तर्गत 21 वटा बुथमा चुनाउ शान्तिपूर्वक ढंगमा जारी

मङ्पू: लाब्दा मङपू समष्टि अन्तर्गत पर्ने 21 वटा बुथमा आज बिहानदेखि शुरू भएको मतदान हालसम्म शान्तिपूर्वक सम्पन्न भइरहेको छ। यहाँको रेसेप ग्राम पञ्चायतमा 5,896 मतदाता, रोङचोङ ग्राम पञ्चायतमा 3825 मतदाता, लाब्दा ग्राम पञ्चायतमा 5,098 मतदाता अनि कालेबुङ जिल्लाभित्र राजमार्ग 10 अन्तर्गत पर्ने लाब्दा-मङपु समष्टि अन्तर्गत पर्ने दुई वटा बुथ रम्बी प्राथमिक पाठशालामा 870 मतदाता अनि रम्बी हाई स्कूलमा 650 जना मतदाता गरेर मोठ 16,339 जना मतदाताहरु रहेका छन्।


यसपल्टको जीटीए चुनाउमा भागोप्रमो-बाट रतन थापा, हाम्रो पार्टी-बाट बिन्दु तामाङ, स्वतन्त्र उम्मेदवार डा. जीसी सुब्बा, स्वतन्त्र उम्मेदवार सरोज थापा अनि स्वतन्त्र उम्मेदवार मुनाल घिसिङ गरेर पाँच जना प्राथीहरु यस लाब्दा मङपू समष्टिबाट चुनावी मैदान उत्रेका छन्। तिनीहरुको भाग्य निर्णय ईभीएम मसिनमा आज बिहान 7 बजीदेखि कैद हुनु शुरु भएको  छ। पानी परेको कारण लाब्दा-मङपू समष्टिमा लगभग 15 प्रतिशत मतदान शान्तिपूर्वक सम्पन्न भइरहेको टिस्टा टाइम्स-का संवाददाताले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *