लद्दाखबाट फर्किएपछि सिलगढीमा समर्थकहरूले भेटे अजय एडवर्डलाई

सिलगढी : गोरामुमो दार्जिलिङ जिल्ला अध्यक्षको पद अनि पार्टीको सदस्यबाट राजीनामा दिएको घोषणा गरेपछि अजय एडवर्ड आज सिलगढी आइपुगेका छन्। गत केही दिन अघिदेखि तिनी लद्दाख भ्रमण थिए भने आज बिहान तिनी सिलगढी आइपुगे। लद्दाखबाट नै तिनले केही दिन अघि राजीनामा दिएपछि भोलि 5 सेप्टेम्बरको दिन दार्जिलिङबाट आधिकारिक रूपमा पत्रकार सम्मेलन गरेर गोरामुमो पार्टीबाट राजीनामा दिएको कुरो सार्वजनिक गर्ने भएका छन्। सिलगढी आइपुगेको खबर पाएर आज तिनका समर्थकहरूले सिलगढीस्थित एउटा होटलमा अजय एडवर्डलाई भेट गर्नको साथै आफूहरू सधैँ एडवर्डको पक्षमा रहेको कुरो अवगत गराए। विशेष गरेर अजय एडवर्डलाई भेट्ने युवाहरू दुधे, गाडीधुरा, सुकना लगायत अन्य ठाउँबाट आएका थिए। अजय एडवर्डले ती युवाहरूसित दार्जिलिङ पहाड लगायत तराई-डुवर्सको निम्ति काम गर्नुपर्ने विषयमा चर्चा परिचर्चा गरेको थाहा लागेको छ। यसको साथै अजय एडवर्डले तिनका समर्थकहरूको अनुरोधमा अब चाँडै एउटा नयाँ राजनीतिक पार्टी शुरू गर्ने संकेत समेत दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *