लाडुप घिसिङले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ : गोर्खा जातिको जातिय अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम अवसर हो, यस अवसरलाई तपाई हामीले गुमाउँनु हुँदैन भन्ने आह्वान गर्दै आज लाडुप घिसिङले हाम्रो पार्टीको झण्डा समाए। दार्जीलिङको माल रोडस्थित हाम्रो पार्टी कार्यालयमा आज मिरिक महकुमा समिति अध्यक्ष प्रशान्त लामाको विशेष उपस्थितिमा लाडुप घिसिङ हाम्रो पार्टीमा आधिकारिक रूपमा सामेल भए। तिनलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए। लाडुप घिसिङले हाम्रो पार्टीको झण्डा समाएपछि गोर्खा जातिको जातिय अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम अवसर रहेको बताए। तिनले अझ भने, विगत धेरै दिनदेखि गोर्खा एकताको कुरा आफुले गर्दै आइरहेको अनि आफ्नो उक्त वयानलाई लिएर धेरै जनाले आ-आफ्नो प्रकारले सोचेका थिए तर भारतीय गोर्खालाई एकबद्ध बनाएर गोर्खा जातिको जातिय अस्मिता बचाउँने हाम्रो पार्टी अन्तिम विकल्प एवम् अन्तिम अवसर हो।


तिनले गोर्खा जातिको जातिय अस्मिताको लागि सबै गोर्खा समुदाय एक हुनपर्छ भन्ने आह्वान गरे। दार्जिलिङ पहाड अनि गोर्खाहरूको इतिहासलाई पल्टाएर हेऱ्यौ भने हामीले पाउनु भन्दा धेर गुमाएका छौ भन्दै हामीले गुमाउँदा-गुमाउँदा अब सकिन लागेको अवस्थामा पुगेको सचेत जमातले सोचे अनुसार यहाँ एकबद्ध हुन आएको कुरा तिनले बताए। यो सचेत जमातहरूको समुहले अब पहाड बचाउँ, जाति बचाउँ-को अभियानलाई निरन्तरता दिनेछ साथै गोर्खा जातिको जातिय अस्मितालाई कसरी बचाएर लैजाने हो यसमाथि काम गर्नेछ भनी बताए। हामी अरूको आर्शिवादमा मात्र बाँच्ने प्रयास गर्नु हुँदैन, हामीले हाम्रो जातिको लागि केही गरेर देखाउनु सक्नुपर्छ भनी लाडुप घिसिङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *